डिभिजन वन कार्यालय रूपन्देहीको परिचय तत्कालिन अवस्थामा यस जिल्लाको वन सम्पदाको संरक्षण तथा व्यवस्थापन र अधिकतम राजश्व संकलन गर्ने उध्देश्यले २००९ सालमा परासी वन डिभिजन अन्तर्गत प्रशासनिक ईकाइबाट वन प्रशासनको शुरुवात भएतापनि २०१४ सालमा परासी सर्कल र २०१६ सालमा गण्डकी सर्कल अन्तर्गत पुन परासी डिभिजन त्यसपछि २०२०/२०२१ मा लुम्बिनी वन डिभिजन र २०२९ मा फेरी सर्कल खारेज भइ लुम्बिनी प्रधान वन कार्यालयको स्थापना तथा २०३३ सालमा लुम्विनी सर्कल अन्तर्गत लुम्बिनी डिभिजन हुँदै विभिन्न समयमा अनेक नामले वन संरक्षण र व्यवस्थापनको प्रयास भएको देखिन्छ ।