लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय

रुपन्देही

दिगो  वन व्यवस्थापनको माध्यमबाट वनको हैसियतमा सुधार गरि वन पैदावारको सतत् आपूति गरि जनताको वन पैदावार संम्बन्धी आवश्यकता पुरा गर्नुका साथै राजश्वमा वृद्धि गर्ने ।

१. वन देखि टाढा रहेका क्षेत्रहरुमा नीजी तथा सार्वजनिक जग्गा व्यवस्थापन मार्फत वन पैदावारको उत्पादन तथा आपूर्ती वृद्धि एवं जलवायु परिवर्तन न्यूनीकरण गर्न टेवा पुर्याउने ।

२. वन वातावरण र जैविक विविधताको प्रभावकारी संरक्षण गरी वातावरणीय सेवामा अभिबृद्धि गर्ने ।

३. वन क्षेत्रलाई स्थानिय जनताको रोजगार र आय आयआर्जनको माध्यम बनाई गरीबी न्यूनीकरणमा टेवा पुर्याउने  ।

४. वन क्षेत्रमा क्षमता अभिबृद्धी एव सहभागिता समावेशी पारदर्शिता योजना अनुगमनलाइ बढवा दिई शुसानलाइ सवल बनाउदै जाने ।

यस डि.व.का. र यस कार्यालय अन्तरगतका सव डिभिजन वन कार्यालयवाट निम्नानुसारका सेवाहरु प्रदान गर्ने गरिन्छ ।

क) वन पैदावारको संरक्षण सम्वर्धन तथा विकास र सदुपयोग सम्वन्धी कार्य ।

ख) वन संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वृक्षारोपण सम्वन्धी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन ।

ग) वन पैदावारको विक्री वितरण सम्वन्धी कार्य ।

घ) वन विकास अन्तरगत संचालन हुने कार्यक्रमहरुको तर्जुमाकार्यान्वयन, अनुगमन तथा मूल्याङन ।

ङ) वन संरक्षण तथा विकास बारे जन चेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने कार्य ।

च) निजी वन विकासको लागि सुचना प्रवाह गरि प्रविधि उपलव्ध गराउने कार्य ।

छ) कृषि वन वाली विकास तथा विस्तार गर्न प्रचार प्रसार गरि सर्वसाधारण जनतामा उत्प्रेरणा जगाउने कार्य  

ज) वातावरणीय प्रभाव मूल्याकंन सम्वन्धी कार्य ।

झ) वन पैदावारको हानीनोक्सानी तथा अतिक्रमण सम्वन्धी कार्य ।

ञ) सामुदायिक वन सम्वन्धी नीति नियम बारे जानकारी गराउने तथा उपभोक्तासंघ संस्थासंग सहजीकरण, नियमन र समन्वय गर्ने कार्य ।

 

विभिन्न शाखाका कार्यहरु

१) योजना शाखा

·वार्षिक तथा अद्यावधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने

·विनियोजित कार्यक्रमहरुको कार्यान्वयन तथा सञ्चालन गर्ने

·जिल्ला स्थित विभिन्न कार्यक्रमहरुको नियमित निरीक्षण, अनुगमन तथा मुल्यांकन गरी प्रतिवेदन तयार गर्ने

·सञ्चालित कार्यक्रमहरुको सुचना प्रवाह गर्ने

·कार्यक्रमको मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गरी माथिलो निकायमा रिपोर्टीङ्ग पेश गर्ने

·डकुमेन्टेसन गर्ने, प्रगति प्रतिवेदन, पुस्तीका तयार गरी प्रकाशन गर्ने

२) वन व्यवस्थापन शाखा

·निजी, धार्मिक, सा व तथा साझेदारी वनको लागि आवश्यक सहयोग, अनुगमन तथा निरिक्षण गर्ने

·वन मुद्बाको अनुसन्धान तहकिकात, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी पत्रचार

·वन पैदावरमा आधारित उद्योगको लागि सहजीकरण, अनुगमन तथा निरीक्षण गर्ने

·नम्बरी आवादीको रुखहरु कटान मुछान सम्बन्धि प्रक्रियामा सहजीकरण गर्ने

·जिल्ला वन पैदावार आपूर्ति समितिको कार्य तथा काठ दाउरा विक्री वितरण

·वन सम्बन्धि तथ्यांक, श्रेस्ता, पुस्तिका आदी संकलन एंव संयोजन गरी अभिलेख व्यवस्थापन तथा अद्यावधिक राख्ने

३) कर्मचारी प्रशासन शाखा

·कर्मचारीहरुको नियुक्ति, आन्तरिक सरुवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन, पुरस्कार, वृत्ति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्याङ्कन, सम्पत्ती विवरण व्यक्तिगत विवरण सम्बन्धी कार्य तथा अन्य अभिलेखहरु अद्यावधिक राख्ने

·आवश्यकता अनुसार कर्मचारीहरुको खटनपटन गर्ने

·जिन्सी सामानको आम्दानी खर्चको विवरण राख्ने आवश्यक सामानहरु माग फाराम भर्ने खरिद प्रकृया अगाडी वढाउने

·कर्मचारी प्रशासन सम्बन्धी निर्णयहरु कार्यान्वयन गर्नेगराउने

·चिठी पत्र दर्ताचलानीसम्वन्धित फाँटमा वुझाउनेसो पत्र अनुसारको कार्य फछर्यौट भए नभएको रुजु गर्ने

४) आर्थिक प्रशासन शाखा

·कार्यक्रम सञ्चालनार्थ विभिन्न कार्यक्रमहरुको आय व्यायको विवरण दुरुस्त राख्ने

·नियमानुसार पेश्की तथा भुक्तानी दिने

·आर्थिक प्रशासन सम्बन्धी आवश्यक समन्वय तथा सहकार्य गर्ने

·आर्थिक विवरण चुस्त र दुरुस्त राख्नी लेखा परिक्षण गराउने

·वेरुजुको तथ्याङ्क अद्यावधिक गरी फछ्यौट सम्बन्धि कार्य गर्न

·आर्थिक विवरणको प्रगति तयार गरी माथिलो निकायमा पत्रचार गर्न

·कर्मचारीहरुलाई नियमानुसारको तलबभत्ता लगायतका अन्य सेवासुविधा उपलब्ध गराउने

 ५) सशस्त्र वन सुरक्षा शाखा

·वन संरक्षणको लागि गस्ति परिचालन गर्ने

·वन हानी नोक्सानी हुनवाट बचाउन आवश्यक कार्यहरु गर्ने

·वन अतिक्रमणअवैध कटानी तथा चोरी सिकारीलाई नियन्त्रण तथा नियमित वन गस्ती गर्ने

·कार्यालयको सुरक्षा तथा परिसरको सरसफाई

·हिरासतको सुरक्षा व्यवस्थापन, प्रतिवादीहरुको रेखदेख र सुरक्षा

·बरामदित बोझबाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा

६) सव डिभिजन वन कार्यालयहरु

·सामुदायिक समूहलाई वन विकासका कार्यक्रमहरु सञ्चालन गर्न प्राविधिक सहयोग गर्ने

·डि.व.का. तोकिएका वार्षिक कार्यक्रमहरुको कार्यान्वयन तथा अनुगमन गर्ने

·वन जंगलको संरक्षणसंबर्धनसदुपयोग र व्यवस्थापन कार्यहरु गर्ने

·वन अतिक्रमणअवैध कटानी तथा चोरी सिकारीलाई नियन्त्रण तथा गस्ती गर्ने

·वनवनस्पतिवन्यजन्तुजैविक विविधताजलवायू परिवर्तन सम्बन्धि प्रचार प्रसार

·विरुवा उत्पादन तथा सरकारीसार्वजनिक र निजि क्षेत्रमा वृक्षारोपण कार्यक्रम गर्ने

·सम्पादन भएका कार्यहरु पाक्षिक, मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गर्ने

·सामुदायिक वन गठन, हस्तान्तरण तथा नविकरण

·वन्यजन्तु संरक्षण तथा घाईते वन्यजन्तुको उद्बार तथा राहत वितरणको लागि समन्वय गर्ने

·वन तथा वन्यजन्तु अपराध नियन्त्रण, मुद्बा दायरी, तहकीकात तथा सहजीकरण